पानासोनिकद्वारा सस्तोमा उच्च गुणस्तरीय लेन्स उत्पादनमा सघाउने प्रविधिको घोषणा

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
पानासोनिकद्वारा सस्तोमा उच्च गुणस्तरीय लेन्स उत्पादनमा सघाउने प्रविधिको घोषणा

काठमाडौं ।

जापानी टेक कम्पनी पानासोनिकले सस्तोमा उत्पादन गर्न सकिने उच्च गुणस्तरको लेन्स मोल्डिङ प्रविधि सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो प्रविधिमार्फत् क्यामराका लेन्सहरु उत्पादनका लागि निकै सस्तो पर्ने र साथमा उच्च प्रदर्शनका हिसाबले निकै भरपर्दो रहनेछ।

यो फार-इन्फ्रारेड एस्फिरिकल लेन्सका लागि फार-इन्फ्रारेड लेन्स मोल्डिङ प्रविधि हो जसले क्यामरा तथा सेन्सरको पर्फर्मेन्स बूस्ट गर्नका लागि कम्पनीले चाल्कोजेनाइड ग्लास प्रयोग गरेको दावी गरेको छ।

यो नयाँ उत्पादन प्रक्रिया विभिन्न साइजका एस्फिरिकल र डिफ्र्याक्टिभ लेन्सको उत्पादनका लागि प्रयोग गर्न सकिने बताइएको छ।

यसको मुख्य फिचर भनेको यसमा कुनै एडेसिभ अर्थात् जोड्ने पदार्थको आवश्यकता पर्दैन जसले लेन्सभित्र ग्यास जम्ने समस्या हटाउँछ भने लेन्सको किनाराहरुको पनि सुरक्षा गर्छ र साथमा ब्यारेल इन्स्टल गर्दाको एक्युरेसीमा पनि सुधार ल्याउँछ।

कम्पनीले यो प्रविधिको प्रोटोटाइप वितरण गर्ने र आउँदा दिनमा यसको बृहत् उत्पादन पनि शुरु गर्ने जनाएको छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार