एप्पल आईफोन १४ फिजिकल सिमकार्ड बिना लन्च हुने, ई-सिम प्रविधि के हो थाहा पाउनुहोस्

  • Technology Khabar | १५ माघ २०७८, शनिबार
एप्पल आईफोन १४ फिजिकल सिमकार्ड बिना लन्च हुने, ई-सिम प्रविधि के हो थाहा पाउनुहोस्

काठमाडौं ।

एप्पलको आईफोन १४ को चर्चा शुरु भएको निकै भईसक्यो । यो वर्षको अन्तिम त्रैमास तिर आउने आईफोन १४ शृङ्खला ईसिम (e-SIM ) मात्र हुने मोडल र नानो-सिम कार्ड विकल्पहरूसँग डेब्यु हुने अनुमान गरिएको छ।

एप्पलले पहिले नै नयाँ आईफोन मोडेलहरूमा ईसिम समर्थनको पक्षमा अवस्थित भौतिक सिम कार्ड स्लटलाई पूर्ण रूपमा खारेज गर्ने अफवाह थियो।

अहिलेसम्म आइफोन १५ सिरिजमा मात्र भौतिक सिमकार्ड सपोर्ट नहुने चर्चा थियो । आईफोन १५ सिरिज २०२३ मा लन्च हुनेछ। आइफोन १५ सिम कार्ड स्लट बिना आउने पहिलो फोन हुन सक्छ। तर अब आइफोन १४ सिरिजमा नै सिम कार्ड स्लट हुनेछैन। एप्पलले आफ्नो नयाँ आईफोन १४ सिरिजको स्मार्टफोनमा सिम कार्ड स्लटको सट्टा ई-सिम विकल्प प्रयोग गर्नेछ।

एप्पलले यसअघि नै ई-सिम सुविधा भएको स्मार्टफोन लन्च गरिसकेको छ । कम्पनीले पहिलो पटक आईफोन एक्सएस र आईफोन एक्सएस म्याक्सका लागि ई-सिम सुविधा सुरु गरेको थियो। हालै लन्च गरिएको आईफोन १३ सिरिजमा कम्पनीले फिजिकल सिम कार्ड स्लटको अतिरिक्त ई-सिमको विकल्प दिएको छ। तपाईले यस फोनमा दुईवटा सिमकार्डहरू प्रयोग गर्न सक्नुहुन्छ, जसमध्ये एउटा भौतिक र एउटा ई-सिम कार्ड हुनेछ।

नयाँ आइफोन १४ सिरिजमा ईसिमको विकल्प मात्र उपलब्ध हुने बताइएको छ।

आईमोरद्वारा रिपोर्ट गरेअनुसार, डाटा एनालिटिक्स र परामर्श फर्म ग्लोबलडाटा एम्मा मोहर-म्याक्क्लुनका टेक्नोलोजी सेवा निर्देशकले भविष्यवाणी गरेका छन् कि एप्पलले यस वर्ष ईसिम मात्र विकल्प ल्याउनुका साथसाथै आईफोन १४ सिरिजमा लागि नानो-सिम स्लट विकल्प पनि राख्ने अनुमान गरे।

विश्लेषकले आईफोन निर्माताले टेलिकम कम्पनीहरूलाई “अधिक सेलुलर व्यवसाय-अनुकूल डुअल ईसिम/ भौतिक सिम समर्थन मोडेलहरू” को साथसाथै नयाँ ईसिम-मात्र आईफोन संस्करण स्टक र बेच्ने छनोट दिने बताएका छन्।

ई-सिम भनेको के हो
ई-सिम टेलिकम कम्पनी मार्फत ओभर-द-एयर सक्रिय हुन्छ। ईसिम मोबाइल फोनमा स्थापित भर्चुअल सिम हो। यसले एक भौतिक सिम कार्ड जस्तै काम गर्दछ। यदि तपाईंले ई-सिमको लागि आवेदन दिनुभयो भने, तपाईंले फोनमा कुनै पनि प्रकारको कार्ड हाल्नु पर्दैन। तर सिस्टमले नै त्यसमा नेटवर्क एक्टिभ गरिदिनेछ।

प्रकाशित: १५ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार