अब फेस आईडीले एप्पल वाच बिना नै मास्क लगाएको बेला पनि काम गर्ने

  • Technology Khabar | १५ माघ २०७८, शनिबार
अब फेस आईडीले एप्पल वाच बिना नै मास्क लगाएको बेला पनि काम गर्ने

काठमाडौं ।

फेस आईडीले अब एप्पल वाच बिना नै मास्क लगाएको बेला पनि काम गर्ने भएको छ।

हालै जारी आईओएस १५.४ बिटा भर्सनमा एप्पलको फेस आईडीले यूजरले मास्क लगाएकै बेला पनि पहिचान गरेर डिभाइस अनलक गर्नसक्ने फिचर ल्याएको छ।

कोरोना महामारीका कारण मास्क अनिवार्य हुँदा फेस आईडीमार्फत् आफ्ना एप्पल डिभाइस अनलक गर्नमा यूजरहरुले असहज महसुस गर्दै आएका थिए।

यसै समस्यालाई मध्यनजर गर्दै एप्पलले फेस आईडीलाई मास्क लगाएको बेला पनि पहिचान गर्न सक्ने बनाएको थियो। तर आंशिक अनुहार मात्र देखिने भएकाले यसलाई प्रमाणीकरणका लागि एप्पल वाचसँग कनेक्ट गर्नुपर्ने बाध्यता थियो।

तर हालै आईओएस १५.४ बिटामा भने एप्पल वाच कनेक्ट नहुँदा पनि फेस आईडीले पहिचान गर्न सक्ने भएको हो।

यस अनुसार अब मास्क लगाएकै अवस्थामा एप्पल पे, एप स्टोर डाउनलोड तथा तेस्रो पक्षका एपहरुमा फेस आईडी प्रयोग गर्न सकिने जीएसएसएरिनाले जनाएको छ।

प्रकाशित: १५ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार