गुगलले गुगल फोटोज एपमा नयाँ टुल ल्याउँदै

  • Technology Khabar | १४ आश्विन २०८३, बुधबार
गुगलले गुगल फोटोज एपमा नयाँ टुल ल्याउँदै

काठमाडौं ।

गुगलले गुगल फोटोज एपमा नयाँ टुल ल्याउन थालेको छ। जसले प्रयोगकर्तालाई फोटो तथा स्क्रिनसटमा रहेका संवेदनशील जानकारी सजिलै लुकाउन मद्दत गर्नेछ।

रेड्याक्ट नाम दिईएको यो टुल अपडेट गरिएको मार्कअप सेक्सनअन्र्तगत उपलब्ध हुने छ। यसले फोटोको निश्चित भागलाई ब्लर वा पिक्सलेट गर्न सकिने छ।

यसको प्रयोग गरेर प्रयोगकर्ताले फोटो वा स्क्रिनसटमा देखिएका सवारी साधनका लाईसेन्स, ठेगाना, खाता नम्बर र नाम जस्ता विवरण लुकाउन सक्नेछन्।

रेड्याक्ट टुल गुगल फोटोजको एन्ड्रोइड संस्करणमा विश्वव्यापी रुपमा उपलब्ध गराउन थालिएको छ। यो अपडेटमा पेन्सील र मार्करको मोटाई थप छनोट गर्न सकिने तथा टेक्स्टका लागि नयाँ फन्टहरु पनि थपिएका छन्।

टेलिग्राफका अनुसार, गुगलले मुड्स नामक नयाँ सुविधा पनि थपेको छ। यस मार्फत प्रयोगकर्ताले फोटोमा विभिन्न प्रकारका लुक्स दिन सक्नेछन्। यसमा पुराना क्यामेरा वा डिजिटल क्यामेराबाट खिचिएका फोटोको जस्तो देखिने इफेक्टसमेत समावेश छन्।

रेड्याक्ट सुविधा पछि फोटो सेयर गर्नु अघि नीजि जानकारी लुकाउन प्रयोगकर्ताले अन्य एपको सहायता लिनुपर्ने आवश्यकता कम हुनेछ।
यो सुविधा प्रयोग गरि सकेपछि फोटोमा रहेका सबै संबेदनशिल डाटा विवरण पूर्ण रुपमा कभर गरिएका छन् वा छैनन् भनेर फोटो राम्रोसँग जाच गर्न गुगलले सुझाव दिएको छ।

प्रकाशित: १४ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगलले गुगल फोटोज एपमा नयाँ टुल ल्याउँदै

  • Technology Khabar
  • १४ आश्विन २०८३, बुधबार