द बिटल्सका जोन लेननले प्रयोग गरेका ऐतिहासिक सामग्री पनि एनएफटीका रुपमा बिक्री गरिने

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
द बिटल्सका जोन लेननले प्रयोग गरेका ऐतिहासिक सामग्री पनि एनएफटीका रुपमा बिक्री गरिने

काठमाडौं ।

द बिटल्स सांगीतिक समूहका हस्ती जोन लेननका छोरा जुलियनले आफ्नो व्यक्तिगत संकलनबाट थुप्रै ऐतिहासिक सामग्रीलाई एनएफटीका रुपमा बिक्री गर्ने भएका छन्।

तर एनएफटीका रुपमा बेचिने द बिटल्स तथा उनका बाबु जोन लेननसँग सम्बन्धित  प्रत्येक  सामग्रीको भाैतिक संस्करण भने जुलियनले आफैंसँग राख्ने बीबीसीले जनाएको छ।

अक्शन गर्न लागिएको आइटममा उनका पिता जोन लेननले हेल्प नामक चलचित्रमा लगाएको कालो रंगको बाहिरी कोट तथा द बिटल्सको गीत हे जुडका सम्बन्धमा हातले लेखेको टिप्पणी रहेका छन्।

एनएफटीलाई विभिन्न संग्रहहरुको डिजिटल समाधानका रुपमा लिइँदै आएको छ भने आलोचकहरुले बजार जोखिमका बारेमा चेतावनी दिँदै आएका छन्।

उक्त अक्शनमा एनएफटीका रुपमा जोन लेननले मेड फर टेलिभिजनका लागि बनाइएको चलचित्र म्याजिकल मिस्ट्री टूरमा लगाएको अफगान कोट तथा जुलियनलाई उनका बाबुले दिएका तीन ओटा गिब्सन गितार पनि राखिएका छन्।

बीबीसीका अनुसार प्रत्येक एनएफटीको आइटमका साथै अडियो भिजुअल तथा जुलियन लेननद्वारा गरिएको न्यारेशन उपलब्ध गराइनेछ।

यो अक्शनमा द बिटल्सका अर्का हस्ती पल म्याक्कार्टनीले हे जुडका लागि हातले लेखेको टिप्पणीले धेरै खरिदकर्ता आकर्षण गर्ने अपेक्षा गरिएको छ।

यसको शुरुवाती मूल्य ३० हजार डलर तोकिएको छ भने बढाबढमा यसको मूल्य उक्त रकमको दोब्बरसम्म पुग्न सक्ने आकलन गरिएको छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...