ताजा समाचार

एक दिने अनलाइन हाजिरीजवाफ प्रतियोगिता आयोजना हुँदै

एक दिने अनलाइन हाजिरीजवाफ प्रतियोगिता आयोजना हुँदै
Global IME Bank

ग्लोकल आफ्टर स्कुलले एपेक्स कलेजको सहकार्यमा नलेज माएस्ट्रो अनलाइन लाइभ क्विइज (Knowledge Maestro- Online Live Quiz) एक दिने अनलाईन हाजिरीजवाफ प्रतियोगता आयोजना गर्न लागेको छ।

प्रतियोगितामा १६–२४ बर्षका युवावर्गहरुले निशुल्क प्रतिस्पर्धा  गर्नेछन् र यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो। विगतका दिनहरूमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको बताईएो छ।

आयोजककाअनुसार यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक विधामा सन्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ।

दुबै विधामा आवेदन खुलेको आयोजकले जानकारी दिएको छ। दुबै विधा प्रतियोगिताका बिजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

यसको लागि प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनुपर्नेछ भने सबै प्रतियोगीसँग ल्यापटप, मोबाइल जस्ता २ ओटा उपकरण हुनुपर्नेछ। त्यसैगरी सहभागीहरूसँग इन्टरनेट नेटवर्क कनेक्सन हुनुपर्दछ।

प्रतियोगिताका लागि आवेदन दिन इच्छुक प्रतियोगीहरुले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन्।

आइटी तथा व्यापार एवम् पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिती क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारण गरिएको जनाएको छ।

Sajilo Visa
easy care