रोबोट कार बनाउन टेक कम्पनी बैदू अन्तरगतको जीदू अटोले उठायो ४० करोड डलर

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
रोबोट कार बनाउन टेक कम्पनी बैदू अन्तरगतको जीदू अटोले उठायो ४० करोड डलर

काठमाडौं ।

चिनियाँ इन्टरनेट जायन्ट बैदूको इलेक्ट्रिक भेहिकल आर्म जीदू अटोले बुधवार यसले बैदू र झेजियाङ्ग गीली होल्डिङ्गस ग्रुपबाट लगभग ४० करोड डलर उठाएको बताएको छ।

जीदू, चीनको सर्च इन्जिन कम्पनी बैदू र चिनियाँ अटोमेकर गीली बीचको इभी उद्यम हो । कम्पनी एक विज्ञप्तिमार्फत यसले २०२३ मा आफ्नो ठूलो उत्पादन “रोबोट” कारहरू प्रदान गर्ने उल्लेख गरेको रोयटर्सले जनाएको छ।

सो लगानी राउन्डमा कुनै पनि विदेशी लगानीकर्ताको सहभागिता थिएन। कम्पनीले आफ्नो मूल्याङ्कनबारे कुनै विवरण दिएको छैन।

यसअघि जिदुका सीईओ सिया यिपिङले कम्पनीले आगामी पाँच वर्षमा “रोबोट” स्मार्ट कारहरू विकास गर्न र बनाउनका लागि कुल ५० अर्ब युआन (करिब ७.९० अर्ब डलर) जुटाउने बताएका थिए।

एक वर्ष पहिले सुरु गरिएको जीदू, कार निर्माणको लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञता प्रयोग गर्ने बैदूको पछिल्लो प्रयास हो।

बैदूले एपोलो भनिने छाता समूहअन्तर्गत एक अटोनोमस ड्राइभिङ इकाई पनि सञ्चालन गर्दछ।

पछिल्लो समय विश्वभर प्रमुख टेक कम्पनीहरु समेत इभीको उत्पादनमा लागिरहेका छन् ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • Technology Khabar
  • १२ माघ २०७८, बुधबार