आईफोन १३ चलाउनुहुन्छ? त्यसो भए यसरी भाग लिनुस् ‘शट अन आईफोन’ म्याक्रो च्यालेञ्जमा

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
आईफोन १३ चलाउनुहुन्छ? त्यसो भए यसरी भाग लिनुस् ‘शट अन आईफोन’ म्याक्रो च्यालेञ्जमा

काठमाडौं ।

एप्पलले आफ्ना आईफोन १३ सिरिज प्रयोगकर्ताका लागि म्याक्रो फोटोग्राफी प्रतियोगिता ‘शट अन आईफोन’ म्याक्रो च्यालेञ्ज आयोजना गरेको छ।

यो प्रतियोगितामा आईफोन १३ सिरिजका प्रयोगकर्ताले मात्र भाग लिन पाउने व्यवस्था गरिनुमा एप्पलका हालसम्मका आईफोन मोडलहरुमध्ये १३ सिरिजमा मात्रै क्यामरामा म्याक्रो मोड उपलब्ध रहेको छ।

जीएसएमएरिनाका अनुसार यस प्रतियोगितमा यसरी भाग लिन सकिन्छ:

सबैभन्दा पहिले आफूसँग आईफोन १३ सिरिजको फोन हुनुपर्दछ।

त्यसपछि उक्त डिभाइसबाट कुनै म्याक्रो फोटो खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राम, ट्विटर वा वेबोमा ह्याशट्याग शटअनआईफोन तथा आईफोनम्याक्रोच्यालेञ्ज सहित पोस्ट गर्नुपर्छ।

उक्त म्याक्रो फोटो कुन मोडलको डिभाइसबाट लिएको प्रस्ट पार्नुपर्छ।

एप्पलको फोटोज एप वा अन्य कुनै तेस्रो पक्षका सफ्टवेयर प्रयोग गरेर एडिट गरिएका फोटोहरु पनि स्वीकार गरिनेछ।

यसरी सन्सारको जुनसुकै कुनाबाट पोस्ट गरिएकामध्ये उत्कृष्ट फोटोलाई विजेता  घोषणा गरिने र एप्पलले त्यसलाई आफ्नो न्यूजरुम वा इन्स्टाग्राम एकाउन्टमा स्थान दिने अथवा त्यसलाई लाइफ साइज पोस्टर बनाएर विश्वका विभिन्न ठाउँका एप्पल स्टोरहरुमा डिस्प्लेमा राख्न सक्ने बुझिएको छ।

विजेतालाई कुनै पनि नगद वा जिन्सी पुरस्कारको व्यवस्था नभएको तर नामको श्रेय भने दिइने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...