
काठमाडौं ।
शाओमी सब ब्रान्ड रेडमीले नेपाली बजारमा यसको नयाँ सदस्य लन्च गर्न लागेको छ।
कम्पनीले जनवरी २६ मा पहिले नै आधिकारिक रूपमा खुलासा गरिए अनुसार युरोपमा यसको नवीनतम मिड-रेन्ज परिवार सुरू गर्दैछ। तर नेपाली बजारमा भने त्यसको ठिक एक दिनपछि नयाँ रेन्ज आउनेछ।
शाओमीको नेपालका लागि आधिकारिक ट्विटर एकाउन्टले नयाँ नोट भेरिएन्ट बजारमा आउने जानकारी दिएको छ। कम्पनीले जनवरी २१ मा नयाँ टिजर गर्दै नयाँ नोट आउने बताएको थियो।
अहिले रेडमी नोट ११ लन्च गर्न लागेको उल्लेख गरेको छ। शााओमी नेपालकाअनुसार जनवरी २७ मा नयाँ डिभाइस नेपालमा लन्च हुनेछ। शाओमीले नयाँनोट आउँदैछ भन्ने स्लोगनका साथ यसलाई टिज गरिरहेको छ।
Capture your creativity with us on January 27th, 2022.
Two more days to go! #RiseToTheChallenge #NayaNoteAudaicha pic.twitter.com/7xAHqG4aJw— Xiaomi Nepal (@XiaomiNepal) January 25, 2022
रेडमी नोट ११ स्मार्टफोन ९० हर्जको एफएचडी प्लस एमोलेड स्क्रिन, डुअल स्पिकर तथा सेल्फी क्यामरा लागि सेन्टर पञ्च होलको साथ आउने अनुमान गरिएको छ।
चीनमा यसअघि नै उपलब्ध रहेको रेडमी नोट ११ मा भने एलसीडी स्क्रिनरहेको छ। तर यो बाहिरी बजारमा ल्याउन लागिएको हुँदा त्यसमा थप परिस्कृत गरीएको अनुमान छ।
नोट ११ का साथमा प्रो भर्सन पनि आउँछ की आउँदैन त्यो भने हेर्न केहि समय कुर्नुपर्नेछ।
प्रकाशित: ११ माघ २०७८, मंगलवार