
काठमाडौं ।
एप्पललाई सन् २०२३ मा ओएलईडी एलटीपीओ डिस्प्लेहरू प्रदान गर्ने फर्म बिओई हुने एक रिपोर्टले उल्लेख गरेको छ। ती ओएलईडी एलटीपीओ डिस्प्लेहरू एप्पलको आईफोन १५ प्रो श्रृंखलाका लागि हुनेछन्।
द इलेकको रिपोर्टअनुसार चिनियाँ डिस्प्ले निर्माताले अर्को वर्ष कुपर्टिनोमा आधारित जायन्टलाई ओएलईडी एलटीपीओ (OLED LTPO) प्यानलहरू उत्पादन र आपूर्ति गर्नेछ।
कम्पनी पहिले आईफोन १२ सिरिजका लागि ओएलईडी स्क्रिनहरू आपूर्ति गर्न असफल भएको थियो, तर हालको जेनेरेसनको फ्ल्यागशिप आईफोन १३ लाइनअपको लागि आपूर्ति श्रृंखलामा प्रवेश गर्न सफल भयो। यद्यपि, यसले आधार मोडेलका लागि मात्र प्यानलहरू बनाएको छ, जबकि हाई एण्डका प्रो भेरियन्टहरू सामसङ डिस्प्लेद्वारा आपूर्ति गरिएको थियो।
तर अब, यो परिवर्तन हुन सक्छ किनकि बीओईले १२० हर्ज रिफ्रेस रेट स्क्रिनहरूको उत्पादनलाई अनुमति दिन यसको ओएलईडी एलटीपीओ प्यानल निर्माण विस्तार गर्न खोजिरहेको छ।
अर्को तर्फ हेर्दा, यो रिपोर्टले आईफोन १५ प्रोले १२० हर्जको रिफ्रेस दर फिचर गर्ने सुझाब दिन्छ। आगामी आईफोन १४ सिरिजको साथ, बीओईले तल्लो लो इन्ड मोडेलका लागि डिस्प्लेहरू आपूर्ति गर्न जारी राख्नेछ जबकि प्रो भेरियन्टहरू अझै पनि सामसङ र एलजीबाट आपूर्ति गरिनेछ।
यद्यपि, आईफोन १५ सिरिज अर्को वर्ष मात्र अर्थात २०२३ मा लन्च हुनेछ।
यसै बीच, आईफोन १४ श्रृंखला यस वर्षको दोस्रो अर्धवार्षिकमा आउँदैछ। यसले अन्ततः आईफोनको डिजाइनमा रि:डिजाइन ल्याउने अपेक्षा गरिएको छ र यसको सेल्फी शूटर र ट्रुडेप्थ प्रणालीको लागि अगाडि एक ‘पिल सेप’को कटआउट समावेश गर्दछ।
प्रकाशित: ११ माघ २०७८, मंगलवार