विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

काठमाडौं ।

सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ। जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ।

नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ।

विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्ने कम्पनीको भनाई छ।

यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ।

विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस एक्लस्सबाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् ।

विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने कम्पनीको दाबी छ।

कम्पनीकाअनुसार विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन र परिक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ।

विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि संचालन गरिने बताईएको छ।

विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न बिद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइ पुरस्कृत गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ११ माघ २०७८, मंगलवार