Technology Khabar ६ भाद्र २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ६ भदौ । सोनीले आफ्नो पहिलो स्मार्ट कार अडियो सिस्टमको सार्वजनिक घोषणा गरेको छ । कम्पनीले एक्सएभी-एएक्स १०० (Sony XAV-AX100) नामक सिस्टम ल्याएको हो, जुन एप्पल कार प्लेका साथै एन्ड्रोयड अटोमा पनि संचालन गर्न सकिन्छ ।
सोनीको डबल डिआईएन सिस्टममा ठूलो क्यापासिटिभ टचस्क्रीन डिस्प्ले राखिएको छ भने यसको छेउमा फिजिकल बटनहरु ट्याक परिवर्तन गर्नका लागि राखिएको छ भने भोल्यूम बढाउने वा घटाउने डायल बटन पनि रहेको छ ।
यो सिस्टममा सोनीको एक्स्ट्रा बास फीचरसहितको ४ एक्स ५५ वाट एम्पिलिफायर, तथा १० ब्याण्डको इक्यूलाईजर रहेको छ । यसमा ३ वटा अतिरिक्ट प्रि आउट कनेक्टिभिटी पोर्टहरु पनि दिईएको छ ।
सोनीको एक्सभिए-एएक्स १०० को मूल्य ५०० अमेरिकी डलर तोकिएको छ ।
प्रकाशित: ६ भाद्र २०७३, सोमबार