डाइङ लाइट २ गेम आगामी फेब्रुअरी ४ मा सार्वजनिक हुने

  • Technology Khabar | १० माघ २०७८, सोमबार
डाइङ लाइट २ गेम आगामी फेब्रुअरी ४ मा सार्वजनिक हुने

काठमाडौं ।

डाइङ लाइट २ गेम आगामी फेब्रुअरी ४ मा सार्वजनिक हुने भएको छ। यो गेम धेरैपटकको ढिलाइपछि अब भने अन्तत: सार्वजनिक हुने भएको हो।

थुप्रै पीएस५ तथा एक्सबक्स एक्स/एस रिलिजहरु झैं डाइङ लाइट २ पनि मल्टिपल रेन्डरिङ मोडसहित उपलब्ध हुने बताइएको छ। यसबाट उक्त गेमलाई भाैतिक हिसाबले फाइडेलिटी मिलाउन वा अझ सुधारिएको प्रदर्शनको विकल्प रहनेछ।

यो गेम नयाँ प्लेस्टेशन ५ वा एक्सबक्स सिरिज एक्स/एस किन्दा फ्री अपडेटका रुपमा उपलब्ध हुने बुझिएको छ।

हालै यूरोगेमरले प्लेस्टेशन ४ वा एक्सबक्स वनमा डाइङ लाइट २ खरिद गर्नेहरुलाई नि:शुल्क आधुनिक जेनेरेशनको अपग्रेड उपलब्ध गराउने घोषणा गरेको हो।

यसको मतलब केही समयपछि यो गेम अझ सुधारिएको ग्राफिक्समा खेल्न सकिने भन्ने हो। यसमा सबैभन्दा उत्कृष्ट ग्राफिक्स चाहिएमा छुट्टै गुणस्तर र मोड चयन गर्न सकिनेछ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार