इन्स्टाग्रामले अब हानिकारक सामग्री कम देखाउने

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
इन्स्टाग्रामले अब हानिकारक सामग्री कम देखाउने

काठमाडौं ।

इन्स्टाग्रामले अब आफ्नो प्लेटफर्ममा सम्भाव्य हानिकारक सामग्री कम देखाउनका लागि नयाँ कदम अगाडि बढाएको छ।

‘यूजरका फीड तथा स्टोरिजमा हुने पोस्टहरुलाई पावर गर्ने अल्गोरिदमलाई अबदेखि घृणा वचन तथा अरुलई खिस्याउने र हिंसा भड्काउने खालका सामग्रीलाई प्रथमिकतामा नराख्न आदेश दिइएको छ’, कम्पनीले जनाएको छ।

इन्स्टाग्रामको नियमले पहिले नै यस्ता सामग्रीहरुलाई निषेध गरेको छ। तर यो निर्णयले हालसम्म मोडरेटरकोमा नपुगेका बोर्डरलाइन पोस्टहरुलाई प्रभाव पार्ने बुझिएको छ।

हामी जाँचका क्रममा यसअघि नियम उल्लङ्घन गरेको कुनै क्याप्शन फेरि लेखिएको छ कि भनेर समेत अध्ययन गर्छाैं’,कम्पनीले आफ्नो अपडेटमा ब्याख्या गरेको छ।

हालसम्म इन्स्टाग्रामले त्यस्ता सामग्रीलाई एपको एक्स्प्लोर लगायतबाट लुकाइदिने गर्दै आएको थियो।

मेटाका प्रवक्ताले यस सम्बन्धमा यस्ता सामग्रीले समुदाय गाइडलाइनको उल्लङ्घन गरेको पाइएमा तिनीहरु हटाइनै पर्ने बताए।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार