यस्तो छ यामाहाको ईएमएफ इलेक्ट्रिक स्कुटर, एनएफसी कार्डबाट मात्र अन/अफ गर्न सकिने

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
यस्तो छ यामाहाको ईएमएफ इलेक्ट्रिक स्कुटर, एनएफसी कार्डबाट मात्र अन/अफ गर्न सकिने

काठमाडौं ।

विश्वभर विद्युतीय सवारी साधनको क्रेज पछिल्ला केही वर्षयता निकै बढेको छ। यो क्रेजको कारण धेरै कम्पनीहरूले एकपछि अर्को विद्युतीय सवारीसाधन लन्च गरिरहेका छन् ।

अब यसै सिलसिलामा यामाहाले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ल्याएको छ । यामाहाले गोगोरोसँगको सहकार्यमा हाल ताइवानमा मात्रै स्वाइप गर्न मिल्ने ब्याट्री भएको ईएमएफ इलेक्ट्रिक स्कुटर ल्याएको छ। इभी क्षेत्रमा गोगोरोसँगको साझेदारीले रेडिमेड ब्याट्री आर्किटेक्चर र ब्याट्री स्वैपिङ स्टेशनहरूको फराकिलो नेटवर्कमा पहुँच सहित धेरै फाइदाहरू प्रदान गर्दछ।

यामाहा ईएमएफ इलेक्ट्रिक स्कुटर
यामाहाको यो नयाँ ई–स्कुटरलाई हेर्दा कम्पनीका हालका दुई पाङ्ग्रे सवारीसाधनभन्दा निकै फरक डिजाइनमा ल्याइएको हो। यो नयाँ इलेक्ट्रिक स्कुटरको आक्रामक स्टाइल र लुक्सले यसलाई विशेष बनाउँछ। साथै, कम्पनीले यो स्कुटरलाई तीनवटा कलर विकल्पहरूमा प्रस्तुत गरेको छ – गाढा कालो, गाढा हरियो र हल्का निलो।

यसबाहेक, यामाहा ईएमएफका केही प्रमुख विशेषताहरूमा स्ट्याक्ड डुअल एलईडी हेडल्याम्प, फ्ल्याट फ्रन्ट एप्रोन, ट्रेन्डी रियर भ्यू मिरर, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सिंगल पीस सिट र आफ्टरबर्नर स्टाइल डुअल एलईडी टेललाइट्स समावेश छन्।

स्कूटरमा केही अनौठो सुविधाहरू पनि छन् जस्तै फ्लोरबोर्डको केन्द्रमा एउटा सानो भण्डारण ठाउँ, जसलाई विभिन्न वस्तुहरू, कपहरू, बोतलहरू आदि राख्नका लागि प्रयोग गर्न सकिन्छ।

चाबीले नभई कार्डबाट अन हुने
यो विद्युतीय स्कुटरको विशेष विशेषता भनेको यसलाई चाबीको सट्टा एनएफसी कार्डबाट मात्र अन/अफ गर्न सकिन्छ। यसबाहेक कनेक्टिभिटी फिचरअन्तरगत यो यामाहा एप मार्फत पहुँच गर्न सकिन्छ। केही प्रमुख कनेक्सन सुविधाहरूको बारेमा कुरा गर्दा, यसमा पार्किंग लोकेशन, टर्न-बाय-टर्न नेविगेशन र फ्लीट म्यानेजमेन्ट सिस्टम समावेश छ।

उच्च गति
यामाहा ईएमएफ इलेक्ट्रिक स्कुटरमा, कम्पनीले ३ हजार आरपीएममा १०.३० पीएसको अधिकतम पावर र २,५०० आरपीएममा २६ एनएमको पीक टर्क उत्पादन गर्ने मिड-माउन्टेड मोटर प्रयोग गरेको छ। यो ई-स्कुटरले ३.५ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ।

कम्पनीले अहिलेसम्म स्कुटरको टप स्पीड नखुलाए पनि यसको टप स्पीड १०० किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ । यसबाहेक, कम्पनीले दायरा बारे कुनै जानकारी दिएको छैन।

मूल्य
यामाहा ईएमएफ इलेक्ट्रिक स्कुटर ताइवानमा १०२८०० ताईवानी डलर अर्थात करिब साढे ४ लाख रुपैयाँको प्रारम्भिक मूल्यमा ल्याएको छ। यद्यपी यामाहा ईएमएफ ताइवान बाहिरका देशमा कहिले लन्च हुने भन्ने बारे कम्पनीले कुनै जानकारी दिएको छैन।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार