इन्स्टाग्राममा क्रिएटर सब्सिक्रिप्सन फिचरको परीक्षण सुरु

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
इन्स्टाग्राममा क्रिएटर सब्सिक्रिप्सन फिचरको परीक्षण सुरु

काठमाडौं ।

इन्स्टाग्रामले क्रिएटर सब्सिक्रिप्सन फिचरको परीक्षण सुरु गरेको छ। यसले इन्स्टाग्राम क्रिएटरहरुका लागि पैसा कमाउने पुनः नयाँ बाटो खुलेको छ।

मेटाको फोटो र भिडियो शेयरिङ एप इन्स्टाग्रामले सब्सक्रिप्सन फिचर जारी गरेको हो। यो फिचर अघिल्लो वर्ष नोभेम्बरमा देखिएको थियो।

नयाँ फिचरमा क्रिएटरहरुले सब्सक्राइब गरेको प्रयोगकर्ताका लागि मात्रै स्टोरी तथा लाइभस्ट्रीम गर्न पाउनेछन् । यद्यपि, इन्स्टाग्रामले यो सुबिधा हाल केही अमेरिकी क्रिएटर्सका लागि मात्र उपलब्ध गराएको छ। यो फिचरको मद्दतले क्रिएटर्सले आफ्ना पेड फलोअर्सका लागि एक्सक्लुसिभ इन्स्टाग्राम लाइभ भिडियो र स्टोरीमा पहुँच दिन सक्नेछन् ।

सब्सक्राइबरहरुले आफ्नो नामको छेउमा बैजनी रगंको ब्याच पाउनेछन्, जसले उनीहरुलाई क्रिएटर्सको कमेन्ट सेक्सन र इनबक्समा अन्य प्रयोगकर्ताभन्दा भिन्न पहिचान दिनेछ। अहिलेका लागि यो फिचर अमेरिकामा मात्रै उपलब्ध रहेको छ।

क्रिएटर्सलाई आफ्नो सामग्रीको मूल्य निर्धारण गर्न स्वतन्त्रता हुने इन्स्टाग्रामले उल्लेख गरेको छ। यसमा ०.९९ डलरदेखि ९९.९९ डलर प्रति महिनाको बीचमा क्रियटर्सले ८ प्राइस प्वाइन्ट पाउनेछन् ।

सब्सक्रिप्सनपछि प्रयोगकर्ताले स्टोरी हाइलाइट्सजस्ता सब्सक्राइबर्स ओन्ली कन्टेन्टको पहुँच पाउनेछन् । एक्सक्लुसिभ ब्रोडकास्ट सुरु भएपछि प्रयोगकर्ताले यसबारे सूचना पाउनेछन् ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ६ माघ २०७८, बिहीबार