सफारीमा आएको सुरक्षा जोखिम समाधान गर्दै एप्पल

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
सफारीमा आएको सुरक्षा जोखिम समाधान गर्दै एप्पल

काठमाडौं ।

एप्पलले आफ्नो सफारी ब्राउजरमा भेटिएको सुरक्षा जोखिम हटाउन काम गरिरहेको छ।

केही समयअघि अनुसन्धाताहरुले सफारीमा एउटा गम्भीर सुरक्षा जोखिम भेटेका थिए जसमार्फत् वेबसाइटहरुले सम्पूर्ण ब्राउजिङ डाटा तथा प्रयोगकर्ताको गुगल आईडीमा समेत पहुँच राख्न सक्दथे।

यो समस्याले एप्पलका आईओएस १५, आईप्याडओएस १५ तथा म्याकओएस मोन्टेरे सबै मुख्य प्लेटफर्महरुलाई प्रभावित पारेको छ।

यसै हिसाबले कम्पनीले यो समस्या समाधानमा निकै केन्द्रित भइरहेको छ।

यो जोखिम लगभग बसै वेब ब्राउजरहरुले प्रयोग गर्ने इन्डेक्स्डडीबी एपीआईमा रहेको बुझिएको छ।

यसले क्लाइन्टतर्फको डाटा स्टोरेजका रुपमा काम गर्छ भने वेबसाइटलाई भने उक्त वेबसाइटबाटै सिर्जित डाटामात्र पहुँच गर्न दिन्छ। तर सफारीको बग अर्थात् समस्याले भनर् वेबसाइटलाई व्यक्तिको अन्तरंग नै सार्वजनिक हुने गरी सबै डाटामा पहुँच राख्न दिन्छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ६ माघ २०७८, बिहीबार