मोबाइल बैंकिङमार्फत् गरिएको कारोबार रकम र सङ्ख्या उकालो लाग्दै

  • Technology Khabar | २ माघ २०७८, आईतवार
मोबाइल बैंकिङमार्फत् गरिएको कारोबार रकम र सङ्ख्या उकालो लाग्दै

काठमाडौं ।

मोबाइल बैकिङमार्फत् गरिएको कारोबार रकम तथा सङ्ख्या पुन: उकालो लाग्न थालेको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनामा मोबाइल बैंकिङमार्फत् गरिएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि भएको भए पनि चाैथो महिना अर्थात् कार्तिकमा भने नराम्री ओरालो लागेको थियो। तर मंसिर मसान्तसम्म आइपुग्दा भने रकम र सङ्ख्यामा निकै बढोत्तरी भएको छ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार यो आर्थिक वर्षको शुरुवात अर्थात साउन मसान्तसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड ३० लाख ९९ हजार १८९ रहेकोमा भदाै मसान्तमा यो सङ्ख्या बढेर १ करोड ३२ लाख ४१ हजार ८१९  पुगेको थियो।

यसैगरी यो सङ्ख्यामा एक महिनाको अवधिमा ३ लाख भन्दा बढीले वृद्धि भएर असोज मसान्तसम्म १ करोड ३७ लाख ६४ हजार ९८२ पुगेको तथ्याङ्क छ।

यसरी हेर्दा साउनबाट भदाै मसान्तसम्म  १ लाख ४२ हजार ६३० तथा भदाैबाट असोज मसान्तसम्म ५  लाख २३ हजार १३३ले वृद्धि भएको छ।

कारोबार सङ्ख्या बढेसँगै यो अवधिमा कारोबार रकम पनि उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ।

साउन मसान्तसम्म मोबाइल बैंकिङमार्फत् ७२ अर्ब ८७ करोड ३० लाख रुपैयाँको कारोबार भएकोमा यो रकम भदाै मसान्तमा ३४ अर्ब ३१ करोड पुगेको र  असोज मसन्तमा पुग्दा बढेर ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • २ माघ २०७८, आईतवार