फुडमान्डुमा ४६ करोड रुपैयाँ लगानी गर्दै डोल्मा इम्प्याक्ट फण्ड

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
फुडमान्डुमा ४६ करोड रुपैयाँ लगानी गर्दै डोल्मा इम्प्याक्ट फण्ड

काठमाडौं ।

अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ मा डोल्मा इम्प्याक्ट फण्डले ४६ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

यी दुई संस्थाबीच शुक्रबार ४० लाख अमेरिकी डलर अर्थात् लगभग ४६ करोड रुपैयाँ लगानी सम्बन्धमा लागि सम्झौतापत्रमा हस्ताक्षर भएको फण्डले ट्विटरमार्फत् जानकारी दिएको छ।

डोल्माले यो लगानीसम्बन्धमा सम्झाैता भए पनि फण्डबाट अनुमोदन भने भइनसकेको जनाएको छ।

डोल्माले गरेको यो लगानी फुडमान्डुका लागि तेस्रो ठूलो भएको र कम्पनीले डोल्मा तथा अन्य लगानीकर्ताबाट भविष्यमा थप लगानीको अपेक्षा गरेको बताएको छ।

यसअघि फुडमान्डुले अन्य दुई निजी इक्विटी कम्पनीहरु ट्रू नर्थ एसोसियट्स र टिम भेन्चर्ससँग क्रमश: २०१६ र २०२० मा साझेदारी गरेर लगानी भित्र्याइसकेको छ।

हालको यो लगानीबाट फुडमान्डुले आफ्ना सेवालाई अन्तरराष्ट्रियस्तरको बनाउने र साथमा सेवाहरुलाई अझै विस्तार गर्ने योजना बनाएको छ।

फुडमाण्डुले यसबाहेक आफूसँग हाल विद्यमान प्रविधिलाई अझै अत्याधुनिक बनाउने साथै मानव संसाधनको क्षमता विकास गर्ने र आगामी ५ वर्षभित्र नेपालमा हजाराैं रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • ३० पुष २०७८, शुक्रबार