‘बेबी शार्क’ भिडियो युट्युबमा सबैभन्दा बढी भ्यूज भएको भिडियो

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
‘बेबी शार्क’ भिडियो युट्युबमा सबैभन्दा बढी भ्यूज भएको भिडियो

काठमाडौं ।

युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी भ्यूज भएको भिडियोको रुपमा ‘बेबी शार्क’ बन्न सफल भएको छ। बिलबोर्डको रिपोर्टअनुसार पिंकफोंग बेबी शार्क नामक युट्युब च्यानलद्वारा बालबालिकाका लागि तयार पारेर पोस्ट गरिएको ‘बेबी शार्क’ भिडियोले दश अर्ब भ्यू पाउन सफल भएको हो।

यससँगै यो भिडियो युट्युबमा सबैभन्दा बढि हेरिएको भिडियो बनेको छ। यसभन्दा पहिले सन् २०२० नोभेम्बरमा लुई फोन्सीको ‘डेस्पासिटो’ भिडियो ७.७ अर्ब डलर भ्यूसहित सबैभन्दा बढी हेरिएको भिडियो भएको थियो। तर अब ‘बेबी शार्क’ ले त्यसलाई उछिनेको हो।

सन् २०१६ मा अपलोड गरिएको ‘बेबी शार्क’ भिडियो बालबालिका बिच असाध्यै मनपराइएको भिडियो हो। सन् २०१९ मा ‘बेबी शार्क’ च्यालेन्ज आएर पछि ‘बेबी शार्क’ भिडियोको रोचकता बढन पुगेको हो। ‘बेबी शार्क’ को एनएफटी कलेक्सन पनि रहेको छ।

यसको रुची तत्काल भविष्यमा घट्ने सम्भावना छैन। निकलोडियनले आफ्नो “बेबी शार्क” शो नवीकरण मात्र गरेको छैन, एक फीचर स्तरको चलचित्रको वाचा समेत गरेको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • ३० पुष २०७८, शुक्रबार