नासा र जापान सरकारद्वारा आर्टेमिज प्रोग्रामका लागि गेटवे पार्टनरशीप सम्झोता

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
नासा र जापान सरकारद्वारा आर्टेमिज प्रोग्रामका लागि गेटवे पार्टनरशीप सम्झोता

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासा तथा जापान सरकारबीच साझेदारीमा चन्द्रमामा लुनर गेटवे बनाउने सम्झोता भएको छ।

यो सम्झोताले आर्टेमिज प्रोग्राम अन्तर्गत अन्तरिक्षसम्बन्धी खोजीका क्षेत्रमा अमेरिकाले खोजिरहेको अन्तरराष्ट्रिय साझेदारहरुको संलग्नता पनि पूरा हुने भएको छ।

आर्टेमिज प्रोग्रामले मंगल ग्रहमा मानिसहरुलाई लैजानका लागि आवश्यक प्रविधिको विकास गर्ने लक्ष्य लिएको छ।

सम्झाैता अनुसार जापानले गेटवेको इन्टरनेशनल ह्याबिटेशन मोड्युल आई-ह्याबका लागि थुप्रै दक्षताहरु उपलब्ध गराउनेछ।

यसबाहेक उसले गेटवे लाइफ सपोर्टको मुख्य क्यापाबिलिटीका साथमा क्रूहरुलाई आर्टेमिज मिसनका बेला बस्न, काम गर्न तथा अनुसन्धान गर्न थप ठाउँ पनि जुटाइदिनेछ।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सीले आई-ह्याबको वातावरणीय नियन्त्रण तथा लाइफ सपोर्ट सिस्टम, ब्याट्री, थर्मल कन्ट्रोल तथा फोटोसँग सम्बन्धित पार्टपुर्जाहरुमा योगदान दिने र यी कुराहरुलाई यूरोपियन स्पेस एजेन्सीले प्रक्षेपण अघि मोड्युलमा समावेश गर्ने बताइएको छ।

‘हामी आर्टेमिज प्रोग्राम अन्तर्गत चन्द्रमा तथा यसकै वरपर दीर्घकालीन मानव खोजको अभियानमा जापानसँग सम्झाैता गर्न पाएकोमा हर्षित छो’, नासाका सल्लाहकार जिम ब्राइडेन्स्टाइनले भने।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ३० पुष २०७८, शुक्रबार