माइक्रोसफ्टले एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
माइक्रोसफ्टले एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने

काठमाडौं ।

माइक्रोसफ्टले अब आफ्नो एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने भएको छ।

केही समययता माइक्रोसफ्ट तथा सोनी आफ्ना एक्सबक्स सिरिज एक्स तथा प्लेस्टेशन ५ को माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन्।

यसैबीच सोनीले प्लेस्टेशन ४ को उत्पादन तत्कालका लागि कायमै राख्ने बताएको छ भने माइक्रोसफ्टले एक्सबक्स वनको उत्पादन बन्द नै गर्ने भएको छ।

गत वर्षको जुलाईमा माइक्रोसफ्टले आफ्ना एक्सबक्स वन एक्स तथा एक्सबक्स वन एस डिजिटल एडिशन बन्द गर्ने बताएकामा अब भने कम्पनीले यसै सिरिजको अर्को कन्सोल एक्सबक्स वन एसको उत्पादन बन्द गर्ने भएको हो।

‘एक्सबक्स सिरिज एक्स र एसमा केन्द्रित हुने उद्देश्यले हामीले सबै एक्सबक्स वन कन्सोल २०२० को अन्त्यसम्ममा बन्द गरिसक्नेछाैं’, एक्सबक्सको कन्सोल प्रडक्ट मार्केटिङका वरिष्ठ निर्देशक सिन्डी वाकरले त्यतिबेला द भर्जलाई बताएका थिए।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • ३० पुष २०७८, शुक्रबार