डजीक्वाइनका साथमा अब टेस्लाका सामग्रीहरु किन्न सकिने

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
डजीक्वाइनका साथमा अब टेस्लाका सामग्रीहरु किन्न सकिने

काठमाडौं ।

इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्ना सामग्रीहरुको बिक्रीका लागि डजीक्वाइन स्वीकार गर्ने भएको छ।

टेस्ला इंकका प्रमुख इलन मस्कले शुक्रबार नै ट्विटरमार्फत आफ्नो कम्पनीले मर्चेन्डाइजका लागि डजीक्वाइन लिने घोषणा गरेका हुन्।

“डजीक्वाइनका साथ टेस्ला मर्च किन्न सकिने भएको छ,” मस्कले ट्वीटमा भने।

यसअघि गत डिसेम्बर २०२१ मा उनले इलेक्ट्रिक कार निर्माताले परीक्षणको आधारमा व्यापारका लागि डजीक्वाइन स्वीकार गर्ने बताएका थिए।

टेस्लाले यसअघि नै बिटक्वाइनमार्फत आफ्नो गाडी किन्न सकिने सुबिधा दिएको थियो तर पछि बिटक्वाइन माइनिङ्गका लागि अत्यधिक उर्जा खपत गर्ने गरेको भन्दै त्यसलाई खारेज गरिएको थियो।

स्मरणरहोस् मस्क डजीक्वाइनका प्रमुख प्रचारक तथा प्रबर्द्धक समेत हुन्। उनले डजीक्वाइनलाई अगाडी बढाउँदै आएका छन्।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार