
काठमाडौं ।
यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा कम्तिमा ७ दिनको समय चाहिने जानकारी दिएको छ। विभागले कसैलाई अत्यावश्यकरुपमा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ।
विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको हो।
‘अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिने सबै महानुभावहरुले सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ (सात) दिनपछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन,’ विभागले बिहिबार फेसबुकमा राखेको सूचनामा भनेको छ।
प्रकाशित: २९ पुष २०७८, बिहीबार