भक्तपुरमा सीसीटीभी जडान गर्न मेगा बैंकको आर्थिक सहयोग

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
भक्तपुरमा सीसीटीभी जडान गर्न मेगा बैंकको आर्थिक सहयोग

काठमाडौं ।

मेगा बैंक नेपालले भक्तपुर जिल्लाका महत्त्वपूर्ण स्थानहरूमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन्।

भक्तपुरमा अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको खुञ्जेलीले बताइन्।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • २९ पुष २०७८, बिहीबार