थुप्रै डिभाइसमा राडार प्रविधि ल्याउँदै गुगल र फोर्ड

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
थुप्रै डिभाइसमा राडार प्रविधि ल्याउँदै गुगल र फोर्ड

काठमाडौं ।

गुगल र फोर्डले साझेदारीमा थुप्रै डिभाइसहरुमा साना राडार ल्याउने योजना बनाएका छन्।

हालसम्म ठूला उपकरणमा उपलब्ध राडार प्रविधि अब छिट्टै फोन तथा स्मार्ट स्पीकर लगायतका साना डिभाइसमा पनि प्रयोग हुने देखिएको छ।

९टू५गुगलका अनुसार गुगल, फोर्ड तथा अन्य ४ साझेदारहरुले संयुक्त रुपमा एउटा मानकका लागि आवश्यक स्पेसिफिकेशन प्रकाशित गरेका छन् जसमार्फत् साना राडारहरु धेरैभन्दा धेरै डिभाइसहरुमा उपलब्ध गराउन सकिनेछ।

कन्जुमर टेक्नोलोजी एसोसियशनले प्रस्तुत गरेको फ्रेमवर्क अनुसार सैद्धान्तिक हिसाबले कुनै पनि डिभाइस निर्माताले टच-फ्री जेस्चर कन्ट्रोल तथा स्वास्थ्य निगरानी, कसरत निगरानीदेखि कुनै पनि भवनमा कतिजना छन् र कति जना अट्छन् भन्नेसम्मका फिचरका लागि साना स्केलका राडार प्रयोग गर्न सक्नेछन्।

यसका बारेमा शुरुवाती विवरण गिटहबमा उपलब्ध छ जसमा फरक प्रकारका राडारहरुले एक आपसमा कसरी समन्वय गरेर काम गर्छन् भन्ने प्रस्ट्याइएको छ।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २६ पुष २०७८, सोमबार