
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो आउँदै गरेको फोनमा केही विशेष प्रविधिको प्रयोग गर्ने भएको छ।
यसै क्रममा हालै कम्पनीले अल स्क्रीन फिंगरप्रिन्ट स्क्यानरको पेटेन्टलिएमो छ। के छ त उक्त पेटेन्टमा, आउनुस् जानै।
शाओमी सधैं केही न केही नयाँ प्रविधि प्रयोग गर्ने कम्पनीका रुपमा परिचित छ। यस पटक भने कम्पनीले आफ्नो आउँदै गरेको स्मार्टफोन सिरिज शाओमी १२ मा केही इनोभेटिभ फिचर राखेर ल्याउने बुझिएको छ। तर हालसम्म कुनै पनि फिचरका बारेमा कम्पनीले आधिकारिक जानकारी दिएको छैन।
गिज्मोचाइनामा आएको एउटा रिपोर्टका अनुसार हालै चिनियाँ राष्ट्रिय पेटेन्ट डाटाबेसमार्फत् शाओमीले एउटा नयाँ फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिको पेटेन्ट प्राप्त गरेको छ। यो प्रविधिमार्फत् यूजरले आफ्नो फोनको कुनै पनि भागमा छोएर फिंगरप्रिन्ट सेन्सरको प्रयोग गर्न सक्नेछन्।
यसको मतलब अब फोन अनलक गर्नका लागि इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरमा कुनै फिजिकल स्क्यानरमा जस्तो ध्यान दिएर टच गर्नुपर्ने आवश्यकता रहने छैन। फोनको कुनै पनि भागमा सामान्य हिसाबले छोएर नै फोन अनलक गर्न सकिनेछ।
शाओमीले आफ्नो पेटेन्टमा यो नयाँ प्रविधिले कसरी काम गर्छ भन्ने उल्लेख गरेको छ। कम्पनीका अनुसार यो नोलो प्रविधि एलईडी ट्रान्समिटरमार्फत् प्रयोग गरिनेछ।
प्रकाशित: २६ पुष २०७८, सोमबार