सिक्सजी प्रविधिमा सफलता हासिल गरेको दाबी, फाइभजी भन्दा १०० गुणा तिब्र

  • Technology Khabar | २४ पुष २०७८, शनिबार
सिक्सजी प्रविधिमा सफलता हासिल गरेको दाबी, फाइभजी भन्दा १०० गुणा तिब्र

काठमाडौं ।

चीनले ६जी मोबाइल प्रविधिमा सफलता हासिल गरेको दाबी गरेको छ। यो जानकारी साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख गरिएको छ।

चीनका अनुसन्धानकर्ताले २०६.२५ गिगाबिट्स प्रति सेकेण्डको विश्व रेकर्डसहित वायरलेस ट्रान्समिसन स्पीड हासिल गरेको समाचार रिपोर्टमा दाबी गरिएको छ। यसको अर्थ सिक्सजी प्रविधिमा फाइभजी भन्दा १०० गुणा छिटो इन्टरनेट चल्नेछ।

५जी प्रविधि विश्वका अधिकांश भागहरूमा रोलआउट हुन नै बाँकी छ।नेपालमा पनि सरकारले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क परीक्षणको अनुमति दिएको छ तर कम्पनीले कहिले परीक्षण गर्छ भन्ने जानकारी छैन्।

मार्वल सिनेमेटिक युनिभर्सका ५९.५ घण्टाका चलचित्रहरू १६ सेकेन्डमा डाउनलोड गर्न सकिने

२०६.२५ गीगाबिटको गति एकदम उच्च हो र यसले प्रयोगकर्ताहरूलाई ४के भिडियोमा १६ सेकेन्डमा नै सबै मार्वल सिनेमेटिक युनिभर्स चलचित्रहरूको पूर्ण ५९.५ घण्टा डाउनलोड गर्न सक्षम बनाउँछ।

दूरसञ्चार उपकरण प्रदायकहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार आउटलेटको रिपोर्टमा ६जी प्रविधि सन् २०३० तिर मात्र बजारमा आउने अपेक्षा गरिएको छ।

यदि यो साँचो भएको खण्डमा फोरजी पहिलो पटक २०१० मा ल्याइएपछि ५जी सबैभन्दा छोटो समयको मोबाइल नेटवर्क प्रविधि हुनेछ।

५जी प्रविधि विश्वका अधिकांश भागहरूमा रोलआउट हुन बाँकी छ। ५जी नेटवर्कको रोलआउटमा ढिलाइ आंशिक रूपमा कोभिड १९ महामारी, आपूर्ति श्रृंखला समस्याहरू र ५जी उपकरणहरूको हालको उच्च लागतको कारण हुन सक्छ।

प्रकाशित: २४ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार