
काठमाडौं ।
जापानको होन्डा मोटर्स तथा उसको चिनियाँ साझेदार कम्पनी डोङफेङ मोटरले बिहीबार चीनको वुहानमा सन् २०२४ भित्र पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने बताएका छन्।
उक्त फ्याक्ट्रीको वार्षिक उत्पादन क्षमता १ लाख २० हजार विद्युतीय सवारी रहने होन्डाले विज्ञप्तिमा उल्लेख गरेको छ।
जापानको दोस्रो ठूलो अटो निर्माता कम्पनी होण्डाले चीनमा नयाँ विद्युतीय सवारी ब्रान्ड स्थापना गरेको छ। ई:एन सिरिज नाम दिइएको उक्त ब्रान्डले स्थानीय साझेदार डोङफेङ तथा जीएसीसँग मिलेर कम्तीमा १० ओटा मोडल बजारमा ल्याउने लक्ष्य लिएको छ।
प्रकाशित: २२ पुष २०७८, बिहीबार