सीजी ब्राण्ड अन्तर्गत ‘सिजि मेरिडिया’ प्रिमियम टिभी बजारमा

  • Technology Khabar | २२ पुष २०७८, बिहीबार
सीजी ब्राण्ड अन्तर्गत ‘सिजि मेरिडिया’ प्रिमियम टिभी बजारमा

काठमाडौं ।

सीजी ब्राण्ड अन्तर्गत सीजीले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम टिभी बजारमा ल्याएको छ। आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको यस टिभी रोमान्टिक आइफील टावरको स्ट्यान्डबाट प्रेरित सीजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो।

कला र प्रविधिको उतकृष्ट मिलन मान सकिन्ने सीजी मेरिडियाको यस टिभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको छ।

प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सीजी ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ।

बजारमा आएको यस ‘सीजी मेरिडिया’ अल मेटल फ्रेम टिभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टिभी हो। यस टिभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टीग्रेटेड अडियो जस्ता बिशेषताहरू प्रदान गर्दछ। मेरिडिया टिभीको हो अर्को आकर्षक बिशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ।

उक्त टिभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउनलोड गर्न सक्नेछन् । प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चअलरुपमा घेर्ने, प्रष्ट र थिएट्रिक साउन्ड प्रदान गर्दछ।

प्रकाशित: २२ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...