एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत डिम्याट खाता खोल्दा स्मार्टवाच उपहार

  • Technology Khabar | १८ पुष २०७८, आईतवार
एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत डिम्याट खाता खोल्दा स्मार्टवाच उपहार

काठमाडौं ।

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ।

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एनआईसी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत “एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा” भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ।

क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट” खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमूखी सेवा उपलब्ध गराई रहेको जानकारी दिएको छ।

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा २०७८ साल पुस १८ गते देखि फागुण मसान्तसम्म एनआईसी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र एनआईसी एशिया अनलाइन डिम्याट सेवामार्फत डिम्याट खाता खोल्ने खातावालाहरु मध्ये गोलाप्रथा विधिबाट साप्ताहिक रुपमा भाग्यशाली ग्राहकहरुको छनौट गरिने बताएको छ।

कम्पनीले यसमा साप्ताहिकरुपमा २ जनालाई स्मार्टवाच प्रदान गर्नेछ भने ५ जनालाई म्युचुअल फण्डको १०० युनिट दिनेछ। यसका साथै निशुल्क डिम्याट तथा मेरोसेयर एकाउन्ट खोल्ने कुपन र न्यूजलेटरसहितको उपहारहरु दिने जानकारी दिएको छ।

भाग्यशाली खातावालाहरुको नामावली र उपहारको विवरण क्यापिटलको आधिकारीक सोसल मिडिया पेज मार्फत प्रकाशित गरिने जनाएको छ।

प्रकाशित: १८ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार