पक्षघात भएका ६२ वर्षीय व्यक्तिले ब्रेन कम्प्युटरमार्फत गरे ट्वीट, जान्नुहोस् के हो नयाँ प्रविधि

  • Technology Khabar | १७ पुष २०७८, शनिबार
पक्षघात भएका ६२ वर्षीय व्यक्तिले ब्रेन कम्प्युटरमार्फत गरे ट्वीट, जान्नुहोस् के हो नयाँ प्रविधि

काठमाडौं ।

अस्ट्रेलियामा एक पक्षघात भएका व्यक्ति प्रत्यक्ष विचार गरेर मस्तिस्कमार्फत सिधै ट्वीट गर्ने पहिलो व्यक्ति बनेका छन्। वास्तवमा, यो पेपरक्लिपको आकार जत्तिकै सानो मस्तिष्क प्रत्यारोपण(ब्रेन इन्प्लान्ट)ले सम्भव भएको हो।

अस्ट्रेलियामा बस्ने ६२ वर्षीय फिलिप ओ’किफ विगत सात वर्षदेखि एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) नामक रोगबाट पीडित छन्, जसका कारण उनी आफ्नो माथिल्लो अंगहरु चलाउन असमर्थ छन्।

तर पनि हालै उनले ट्वीट गरे, ‘अब किस्ट्रोकहरू (किबोर्डमा टाइप गर्न वा आवाजको आवश्यक पर्दैन, मैले यो ट्विट केवल सोचेर बनाएको छु।#helloworldbci’

२०१५ मा मोटर न्यूरोन रोगको एक रूप उनलाई भएको पत्ता लागेको थियो, र यहि २३ डिसेम्बरमा उनले सफलतापूर्वक स्टेंट्रोड ब्रेन कंप्यूटर इंटरफेस (बीसीआई) को प्रयोग गरेर टेक्स्टमा आफ्नो प्रत्यक्ष विचार रूपान्तरण गरे। फिलिपले ट्वीट सन्देश पठाउन सिन्क्रोनका सीईओ थोमस ओक्सलेको ट्विटर ह्यान्डल प्रयोग गरेका थिए।

दिमागको प्रयोगले काममा सहजता ल्याउने

क्यालिफोर्नियामा रहेको न्यूरोभास्कुलर र बायोइलेक्ट्रोनिक्स औषधि कम्पनी सिन्क्रोनले विकास गरेको ब्रेन कम्प्युटर इन्टरफेस ‘स्टेन्ट्रोड’ ले फिलिप ओ’किफ जस्ता मानिसहरूलाई केवल आफ्नो दिमाग प्रयोग गरेर कम्प्युटरमा काम गर्न अनुमति दिन्छ।

अक्सलीले बताएअनुसार स्टेन्ट्रोड प्रयोग गर्ने बिरामीहरूले क्लिक गर्ने सटीकता ९३% थियो। तिनीहरूले प्रत्येक मिनेटमा १४ देखि २० अक्षरहरू टाइप गर्न सक्छन्। यसको सबैभन्दा विशेष कुरा भनेको यो प्रत्यारोपण घाँटीमा भएको नसाबाट गरिन्छ, त्यसैले मस्तिष्कमा शल्यक्रियाको आवश्यकता पर्दैन।

ओ’किफले भने, ‘जब मैले पहिलो पटक यो प्रविधिको बारेमा सुनें, मलाई थाहा थियो कि यसले मलाई कति स्वतन्त्रता दिन सक्छ। यो प्रणाली अचम्मको छ, यो साइकल चलाउन सिक्नु जस्तै हो – यसको लागि अभ्यास आवश्यक हुन्छ, तर तपाईंले जब एक पटक चलाउनुहुन्छ, यो प्राकृतिक रुपमा हुन्छ। म अब कहाँ क्लिक गर्ने भनेर मात्र सोच्छु, त्यसपछि नै बैंकिङ, किनमेल, इमेल पठाउन सजिलो हुन्छ।

यसले कसरी काम गर्छ?

कम्पनीकाअनुसार एक ४० एमएमको सानो नोड घाँटीको गुगुलर नसामार्फत मस्तिष्कमा प्रत्यारोपण गरिन्छ र सेन्सरलाई छालाको मुनि छातीमा राखिन्छ । त्यसैले यसको लागि खुला मस्तिष्क शल्यक्रियाको आवश्यकता पर्दैन् ।

यो मोटर कोर्टेक्समा बस्छ, जुन मानिसको स्वैच्छिक शारीरिक गतिबिधिको जिम्मा लिने मस्तिष्कको भाग हो, र यो मस्तिष्क संकेतहरूमा उठ्छ। प्रयोगकर्ताले किबोर्ड अन भएको स्क्रिनमा हेर्न सक्छन्, उदाहरणका लागि, उनीहरूले टाइप गर्न चाहेको अक्षर कल्पना गर्न सक्छन्।

छातीमा राखिएको उपकरणमार्फत, मेसिन लर्निङ अल्गोरिदमले मस्तिष्कको डाटालाई प्रशोधन गर्नेछ र ती संकेतहरूलाई विशिष्ट डिजिटल आदेशहरूमा अनुवाद गर्नेछ।

 

प्रकाशित: १७ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार