यस्तो हुनेछ एन्ड्रोइड १३ को विशेषता, तपाईंको एन्ड्रोइड स्मार्टफोन पूर्णरूपमा परिवर्तन हुने

  • Technology Khabar | १७ पुष २०७८, शनिबार
यस्तो हुनेछ एन्ड्रोइड १३ को विशेषता, तपाईंको एन्ड्रोइड स्मार्टफोन पूर्णरूपमा परिवर्तन हुने

काठमाडौं ।

एन्ड्रोइडको नवीनतम संस्करण एन्ड्रोइड १२ हो, र यो संस्करण अहिले  अधिकांश स्मार्टफोनहरूमा अझैपनि उपलब्ध छैन। त्यहाँ अझै धेरै मोबाइल उपकरणहरूमा एन्ड्रोइड ११ वा त्यस अगाडीको संस्करण छ।

तर यी सबैको बीचमा गुगलले एन्ड्रोइडको अर्को संस्करणको घोषणा गरेको छ । नयाँ एन्ड्रोइड १३ को नाम ‘तिरामिसु’ हुने अपेक्षा गरिएको छ। रिपोर्टका अनुसार यदि गुगलले आफ्नो वार्षिक टाइमलाइन पालना गर्छ भने यो नयाँ संस्करण अर्को वर्षको फेब्रुअरीमा पहिलो चरणको डेभलपर परीक्षणको लागि उपलब्ध हुनेछ।

तर यो भन्दा पहिले, एन्ड्रोइडको यो नयाँ संस्करणको सम्भावित सुविधाहरू एक रिपोर्टले लीक गरेको छ, त्यसैले हामी तपाईंलाई यसको सम्भावित नयाँ सुविधाहरूको बारेमा बताउनेछौं।

यो रिपोर्ट एक्सडिए डेभलपर्सबाट आएको हो, जसमा एक्सडिएले आफ्नो स्रोतबाट यस नयाँ एन्ड्रोइड संस्करणको पहिलो निर्माणको केही स्क्रिनसटहरू प्राप्त गर्यो। यी स्क्रिनसटहरूले एन्ड्रोइडका कुल चार नयाँ सुविधाहरूको बारेमा प्रकट गर्दछन्। यस बाहेक, यो नयाँ संस्करणले तपाईको स्मार्टफोनको समग्र कार्यसम्पादनलाई पनि अप्टिमाइज गर्न सक्छ।

हैरानी गर्ने नोटिफिकेसनहरूबाट छुटकारा
एन्ड्रोइड १३ ले तपाईंलाई तपाईंको स्मार्टफोनमा आउने अनावश्यक नोटिफिकेसनहरूबाट राहत दिन सक्छ। यो स्क्रिनसटमा देखाइएअनुसार नोटिफिकेसनहरू नियन्त्रण गर्न प्राइभेसी सेटिङ्स अन्तर्गत परमिशन म्यानेजर भित्र नयाँ विकल्प दिइएको छ।

यो विकल्पले तपाइँलाई तपाइँको फोनको लोकेसन र माइक्रोफोनको साथसाथै तपाइँको स्मार्टफोनको फाइलहरूमा एपहरूले पहुँच गर्ने विकल्पलाई समेत नियन्त्रण गर्ने सुबिधा दिन्छ।

यो प्रत्येक एपको लागि पप-अप देखा पर्न सक्छ जसमा तपाइँलाई त्यो एपको नोटिफिकेसनको लागि सोधिएको हुन सक्छ। यो नयाँ एप इन्स्टल गर्दा, एपले हाम्रो स्मार्टफोनको भण्डारण, फाइलहरूमा पहुँचको लागि सोध्छ।

छुट्टै एपको लागि छुट्टै भाषा
नयाँ एन्ड्रोइड संस्करणमा, तपाईंले आफ्नो मनपर्ने भाषामा कुनै पनि एप प्रयोग गर्ने विकल्प पाउनुहुनेछ। बहुभाषिक प्रयोगकर्ताहरूले अहिले एन्ड्रोइड प्रयोग गरिरहेको र उनीहरुको आवश्यकता महसुस गरेको गुगलले अब नयाँ एन्ड्रोइडको सिस्टम सेटिङमा ‘एप ल्याङ्ग्वेज’(App Language)को विकल्प दिएको छ । यसले तपाइँलाई कुनै विशेष तोकिएको एपको लागि उपलब्ध भाषा देखाउनेछ। यसको मतलब तपाईंले एउटा एप अंग्रेजीमा र अर्को नेपाली भाषामा प्रयोग गर्न सक्नुहुन्छ।

लक स्क्रिनको लागि नयाँ लेआउट
नयाँ एन्ड्रोइडमा, प्रयोगकर्ताहरूले अब आफ्नो लक स्क्रिनको क्लक लेआउटलाई टगल गर्न सक्छन्। अहिलेसम्म यो क्लक केन्द्रमा मात्र हुन्छ, नयाँ नोटिफिकेसन आएपछि यो माथि जान्छ र नोटिफिकेसन क्लियर गर्ने बित्तिकै फेरी केन्द्रमा आउँछ। तर अब भने नयाँ एन्ड्रोइड संस्करणमा, तपाईंले क्लकलाई स्थायी रूपमा नै लक स्क्रिन लेआउटको शीर्ष स्थानमा राख्न सक्नुहुन्छ।

अन्य सुविधाहरूको साथमा, एन्ड्रोइडले तपाईंलाई केही सुविधाहरू अन वा अफ विकल्प चयन गर्न टगल विकल्प दिन सक्छ। यसले तपाईंको स्मार्टफोनको ऊर्जा व्यवस्थापनलाई अप्टिमाइज गर्नेछ। यी सुविधाहरू TARE जसको अर्थ ‘द एन्ड्रोइड रिसोर्स इकोनोमी’ हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार