एसईईको नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आईभीआरमार्फत् यसरी थाहा पाउन सकिने

  • Technology Khabar | २७ बैशाख २०८३, आईतवार
एसईईको नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आईभीआरमार्फत् यसरी थाहा पाउन सकिने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन्।

वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ।

सरकारले यसअघि नै वैशाखभित्र नतिजा प्रकाशन गर्ने खुलाइसकेको छ। नतिजा प्रकाशन हुने दिन नजिक आइपुग्दा यस वर्ष पनि अघिल्ला वर्षहरुमा झैं विभिन्न वेबसाइट तथा अन्य प्राविधिक तरिकाबाट प्राप्त गर्न सकिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शनिबार एक सूचना प्रकाशित गरी नतिजा प्रकाशन हुने विभिन्न प्राविधिक प्लेटफर्म र इजाजतप्राप्त संस्थाको सूची सार्वजनिक गरेको छ।

सूचनामा भनिएको छ, ‘राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित गर्न देहायबमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकाले सो Shortcode र Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

वेबसाइट तथा एसएमएस र आईभीआर सेवा प्रदायकहरुको सूची यसप्रकार छ:

एसएमएस/ आईभीआर

क्रं सं फर्म/संस्थाको नाम सेवाको विवरण प्रयोग हुने शर्टकोड
नेपाल टेलिकम एसएमएस/ यूएसएसडी र आईभीआर १६००
जानकी टेक्नोलोजि प्रा.लि. एसएमएस ३५००१
एम्बिशन गुरु एसएमएस ३१०६१

वेबसाइट

क्रं सं फर्म/संस्थाको नाम सेवाको विवरण
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० सानोठिमी www.see.gov.np
 राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी www.neb.gov.np
नेपाल टेलिकम www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स लि. www.ekantipur.com
इडियु सञ्जाल प्रालि www.see.edusanjal.com
आइएमई खल्ती लि. https://khalti.com/app
कलेज इन्फो नेपाल प्रा.लि.  see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रा.लि. https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड https://ncellapp.ncell.com.np/result
१० निमा एजुकेशन फाउण्डेशन result.neemaacademy.com
११ फोनिक्स एजुकेशन फाउन्डेशन प्रा.लि resultayo.com
१२ एम्बिसन गुरु प्रा.लि. see.ambition.guru
१३ एन.इ.बि. रिजल्टस एण्ड निउज प्रा.लि https://see.merostudy.net
१४ इन्द्रेणी टाइम्स नेटवर्क प्रा.लि. nebeducation.com/see

प्रकाशित: २७ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...