एप्पलमाथि भारतीय प्रतिस्पर्धा आयोगले दियो छानबिनको आदेश

  • Technology Khabar | १७ पुष २०७८, शनिबार
एप्पलमाथि भारतीय प्रतिस्पर्धा आयोगले दियो छानबिनको आदेश

काठमाडौं ।

अमेरिकी प्रविधि तथा आइफोन निर्माता कम्पनी एप्पललाई भारतमा ठूलो झट्का लागेको छ। भारतको एन्टी-ट्रस्ट नियामक प्रतिस्पर्धा आयोग (सीसीआई) ले कथित अनुचित व्यापार गतिविधिहरूको लागि एप्पल विरुद्ध अनुसन्धान गर्न आदेश दिएको छ।

इन-एप खरिदहरूको लागि ३० प्रतिशत सम्म कमिशन चार्ज गर्ने गरेको कम्पनीलाई आरोप लगाईएको छ । विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीले तेस्रो-पक्ष विकासकर्ताहरूसँग प्रतिस्पर्धा गर्ने एपहरू स्वामित्वमा राखेर आफ्नो प्रभुत्वको दुरुपयोग गरेको आरोप रहेको छ।

ईटीको रिपोर्ट अनुसार कम्पनीमाथि इन-एप खरिदमा ३० प्रतिशतसम्म कमिशन लिने र अन्य भुक्तानी टूलहरूलाई अनुमति नदिएको आरोप छ।

सीसीआईले आफ्नो आदेशमा भनेअनुसार एप्पलले भारतको प्रतिस्पर्धा ऐनको धारा ४ को प्रावधान उल्लङ्घन गरेको पहिलो दृष्‍टिमा देखिएको छ। जुन एक उद्यमद्वारा प्रमुख बजार पोजिसनको दुरुपयोगसँग सम्बन्धित छ र महानिर्देशकलाई छानबिन गर्न निर्देशन दिएको छ। यसमा आदेश भएको ६० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

रिपोर्टअनुसार आयोगले भारतको जयपुरमा आधारित गैर-लाभकारी संस्था टुगेदर वी फाइट सोसाइटीले दायर गरेको उजुरीपछि छानबिनको आदेश दिएको थियो।

प्रकाशित: १७ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार