ह्वावेको आम्दानी यो वर्ष ३० प्रतिशतले घट्यो, चुनाैती बढ्दै

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
ह्वावेको आम्दानी यो वर्ष ३० प्रतिशतले घट्यो, चुनाैती बढ्दै

काठमाडौं ।

चिनियाँ टेलिकम इक्विपमेन्ट जायन्ट ह्वावे टेक्नोलोजिजको आम्दानी यो वर्ष ३० प्रतिशतले घटेको छ।

गत वर्षदेखि अमेरिकी प्रतिबन्ध भोगिरहेको ह्वावेले यो वर्ष सकिँदासम्म ३० प्रतिशतले आम्दानीमा गिरावट आउने साथै नयाँ वर्षमा चुनोतीहरु अझ थपिने आकलन गरेका बताइएको छ।

कम्पनीले यो वर्षका लागि आम्दानी ६३४ अर्ब यूआन अर्थात् ९९.४८ अर्ब डलर अनुमान गरिएको रोटेटिङ अध्यक्ष गुओ पिङले शुक्रबार कर्मचारीका लागि लेखिएको नयाँ वर्षको शुभकामना पत्रमा उल्लेख गरेका छन्।

यो आँकडा सन् २०२० मा भएको ८९१.४ अर्ब यूआनको तुलनामा २८.९ प्रतिशतले कम हो।

गुओका अनुसार आउँदो वर्ष अझ बढी चुनाैती थपिने तए पनि उनी यो वर्षको व्यापार प्रदर्शनबाट सन्तुष्ट रहेका छन्।

अप्रत्याशित व्यापार वातावरण, प्रविधिको राजनीतिकरण तथा बढ्दो गैर-वैश्विक गतिविधिका कारण गम्भीर समस्या थपिएका छन्, कम्पनीको वेबसाइटमा प्रकाशित पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार