एभरेष्ट बैंकको मोबाइल एपलाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
एभरेष्ट बैंकको मोबाइल एपलाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड

काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले इबिएल-टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ। एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई बुधबार नयाँ ‘ओम्नी च्यानल’ मा अपग्रेड गरेको बताएको छ।

अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि)बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ।

बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो।

हाल बैंकले आफ्नो १०५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १३८ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • १६ पुष २०७८, शुक्रबार