रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्यो, उद्घाटनमा विभिन्न अफरहरु उपलब्ध

  • Technology Khabar | १५ पुष २०७८, बिहीबार
रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्यो, उद्घाटनमा विभिन्न अफरहरु उपलब्ध

काठमाडौं ।

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौं स्थित सिटिसि मलमा खोलेको छ।

रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रणा गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ।

डिसेम्बर ३० मा खुलेको यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिन देखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् ।

यस्तो छ छुट सुबिधा

  • २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३०% सम्म छुट
  • वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०% छुट
  • निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर
  • यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलको ५ औं तल्लामा रहेको छ।

प्रकाशित: १५ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...