चीनले २०२५ भित्र लाईभस्ट्रिमिङ तथा ई-कमर्स प्लेटफर्मको प्रतिलिपि सुरक्षालाई अझ मजबुत बनाउने

  • Technology Khabar | १५ पुष २०७८, बिहीबार
चीनले २०२५ भित्र लाईभस्ट्रिमिङ तथा ई-कमर्स प्लेटफर्मको प्रतिलिपि सुरक्षालाई अझ मजबुत बनाउने

काठमाडौं ।

चीनले आगामी सन् २०२५ सम्ममा लाइभस्ट्रिमिङ, ई-कमर्स तथा अन्य स्पोर्ट्स इभेन्टहरुमा प्रतिलिपि सुरक्षालाई अझ मजबुत बनाउने भएको छ। यन जानकारी बुधबार चीनका प्रतिलिपि नियामकले सार्वजनिक गरेका हुन्।

राष्ट्रिय प्रतिलिपि प्रशासनले जारी गरेको १४औं पञ्चवर्षीय योजना अनुसार उक्त समयसम्ममा नयाँ उद्योग तथा क्षेत्रहरुको प्रतिलिपि सुरक्षणलाई अझ सुधारयुक्त र मजबुत बनाइने रोयटर्सले उल्लेख गरेको छ।

बिग डाटा, आर्टिफिसियल इन्टेलिजेन्स तथा ब्लकचेनजस्ता नयाँ प्रविधिको विकास तथा कार्यान्वयनमा कडाइ गरिने साथै खेलकुदका इभेन्ट, भर्राइटी शो, लाइभस्ट्रिमिङ तथा ई-कमर्स प्लेटफर्मको प्रतिलिपि अधिकारको सुरक्षामा सुधार ल्याइने उक्त योजनामा उल्लेख गरिएको छ।

प्रकाशित: १५ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...