सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायो डिजिटल बीमालेख सेवा

  • Technology Khabar | १४ पुष २०७८, बुधबार
सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायो डिजिटल बीमालेख सेवा

काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ। इन्स्योरेन्सले सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याएको हो।

यो सेवाले कम्पनीको दक्षता बढाउनुका साथै समयको बचत गराउँँदछ र कम्पनी र ग्राहक दुबैको लागी सजिलो वातावरणको सृजना गर्ने इन्स्योरेन्सले जनाएको छ। सिटिजन लाइफले अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिएपछि कम्पनीले उक्त सेवा ल्याएको हो।

यससँगै सिटिजन लाइफ बीमा क्षेत्रमै अभौतिक बीमालेख सञ्चालन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ वर्षदेखि सञ्चालनमा रहेको छ। यसका साथै अनलाईनबाट सजिलै दावी प्रकृया पनि अगाडी बढाउन सकिन्छ। कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ।

ग्राहक तथा अभिकर्तालाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरिय बनाउँदै जाने उद्देश्यले यो योजना ल्याइएको हो।

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराएका छन्।

यससँगै ग्राहकहरुले घरमै बसेर बीमाशुल्क तिर्न सक्ने छन्। यो व्यवस्थाको लागी कम्पनीले इसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराएको जनाएको छ।

प्रकाशित: १४ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार