युट्युबमार्फत अश्लील भिडियो सामग्री प्रसारण गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | १२ पुष २०७८, सोमबार

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

ब्‍यूरो पक्राउ गरेका व्यक्ति निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ल रहेका छन्।

आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्‍यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन्।

पक्राउ परेका मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानल संचालन गरी सो च्यानलमार्फत अश्लील शीर्षक राखि समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको आरोप छ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर गरेकोले पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशमा म्याद थप गरी अनुसन्धान भईरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...