चाइना टेलिकम अमेरिकामा केही सेवाहरू जारी राख्ने योजनामा

  • Technology Khabar | १२ पुष २०७८, सोमबार
चाइना टेलिकम अमेरिकामा केही सेवाहरू जारी राख्ने योजनामा

काठमाडौं ।

चाइना टेलिकमको अमेरिकी इकाईले अमेरिकी नियामकले रोक लगाएको बाबजुद सन् २०२२ मा अमेरिकामा केही सेवाहरु उपलब्ध गराउने बताएकोछ।

राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै अमेरिकी नियामकले कम्पनीको देशमा दूरसञ्चार सञ्चालन गर्ने अधिकार खारेज गरेपछि पनि सन् २०२२ मा अमेरिकी उपभोक्ताहरुलाई केही सेवाहरू उपलब्ध गराउने योजना बनाएको रोयटर्सले रिपोर्ट गरेकोछ।

यूएस फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले अक्टोबरमा अधिकारलाई खारेज गर्न मतदान गरेको थियो। एफसीसीले चाइना टेलिकम (अमेरिका) (सीटीए) “चिनियाँ सरकारद्वारा दूरुपयोग, प्रभाव र नियन्त्रणको अधीनमा रहेको” बताएको छ।

एफसीसीलाई एक पत्रमा, कम्पनीले यो जारी राख्न चाहेको सेवाहरू एफसीसीको आदेश अन्तर्गत नपर्ने र यसको साझा क्यारियर सञ्चालनहरू रोक्न आवश्यक नभएको बताएको छ। सीटीएले सेवाहरू निजी क्यारियरको रूपमा योग्य भएको तर्क गरेको छ।

सीटीएले उपभोक्ताहरूलाई “सीटीएक्सेल” ब्रान्ड नाम अन्तर्गत मोबाइल सेवा प्रदान गर्दछ। एफसीसीले सीटीएक्सेल ग्राहकहरूलाई जनवरी ३ सम्ममा नयाँ प्रदायकमा जान आवश्यक रहेको बताएको छ।

सीटीएका प्रवक्ताले भने, “कम्पनीले जनवरी ३ को अन्तिम म्याद पछि पनि अमेरिकामा आफ्नो निजी क्यारियर व्यवसाय सञ्चालन गर्न जारी राख्नेछ।”

यस महिनाको सुरुमा, अमेरिकी संघीय अपील अदालतले एफसीसी आदेशलाई रोक्न सीटीएको आपतकालीन अनुरोध अस्वीकार गर्‍यो।

अमेरिकी दूरसञ्चार सेवाहरू प्रदान गर्न २० वर्षसम्म अधिकार प्राप्त गरेको चाइना टेलिकमको २०१९ मा विश्वभर ३३ करोड ५० लाखभन्दा बढी ग्राहकहरू थिए। यसले अमेरिकामा भएका चिनियाँ सरकारी सुविधाहरूमा पनि सेवाहरू उपलब्ध गराउँछ।

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार