
काठमाडौं ।
सामसङले आफ्नो ग्यालेक्सी एस२० सिरिजमा एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ को स्टेबल भर्सन उपलब्ध गराउने भएको छ।
केही समय यता कम्पनीले उक्त सिरिजमा एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ को बिटा परीक्षण गरिरहेको थियो।
अब भने उक्त लाइनअपमा बिटा भर्सनको सट्टा स्टेबल भर्सन नै उपलब्ध गराइने भएको हो। यो कुराको पुष्टि हालै कम्पनीले आधिकारिक रुपमा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
कम्पनीका तर्फबाट बिटा अपरेशन्स म्यानेजरले ‘कम्पनीले अब अरु बिटा भर्सन दिने योजना नबनाएको’ तथा ‘आधिकारिक स्टेबल भर्सन खुला गर्न लागेको’ बताएका हुन्।
बिटा म्यानेजरले उक्त कुराको पुष्टि गरिरहँदा एस२० सिरिजको कुन मोडलमा र कुन मितिमा यो अपडेट उपलब्ध हुने भन्ने चाहिँ खुलाएका छैनन्।
तर यसअघिका केही लीकहरुमा ग्यालेक्सी एस२० सिरिजमा वन यूआई ४ को स्टेबल भर्सन जनवरीमा आउने बताइएको थियो।
प्रकाशित: ११ पुष २०७८, आईतवार