
काठमाडौं ।
चीनले आफ्नो पहिलो फास्ट चार्जिङ एसोसियशन स्थापना गरेको छ। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार शेन्जेन प्रान्तमा केही दिनअघि ग्वाङडोङ टर्मिनल इन्डस्ट्री एसोसियशन स्थापना गरिएको हो।
यसै वर्षको शुरुवातमा चीनको इन्फर्मेशन एन्ड कम्युनिकेशन इन्सटिच्युटले यसका बारेमा पहलकदमी गरेको थियो।
यो एसोसियशनमा ह्वावे, शाओमी, ओपो, भिभो, अनर लगायतका चीनका मोबाइल फोन निर्माता तथा अग्रणी कम्पनीहरु सदस्य रहेका बुझिएको छ।
ग्वाङडोङ टर्मिनल फास्ट चार्जिङ इन्डस्ट्री एसोसियशनले मापदन्डअनुसार बनाउन औद्योगिक स्रोतसाधनहरुलाई समन्वय र एकीकृत गर्नेछ। यसबाहेक यसले चार्जिङ प्रविधिको औद्योगिक उपादेयताको पनि प्रबर्द्धन गर्नेछ।
यो चीनमा बनेको पहिलो इलेक्ट्रोनिक कन्जुमर टर्मिनल फास्ट चार्जिङ एसोसियशन हो।
यो टर्मिनल फास्ट चार्जिङ एसोसियशनले फास्ट चार्जिङ प्रविधिको मापदन्डमात्र विस्तार गर्ने नभइ विद्युतीय र उर्जा फोहर घटाउने अपेक्षा गरिएको छ। हालसम्म उक्त एसोसियशनले एकै प्रकारको मापदन्ड बनाउँछ वा उदार हिसाबले अगाडि बढ्छ भन्ने प्रस्ट भएको छैन।
तर यसको स्थापनाले चीनको फास्ट चार्जिङ र डाटा लाइनहरु भने एकीकृत हुने भएका छन्। एकीकृत भएपछि सबै ब्रान्डका चार्जिङले एक अर्काको डिभाइसलाई सपोर्ट गर्नेछन्।
प्रकाशित: ११ पुष २०७८, आईतवार