नेपाल क्लियरिङ्ग हाउसले आफ्नो अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
नेपाल क्लियरिङ्ग हाउसले आफ्नो अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको लगानी रहेको भुक्तानी सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने भएको छ।

कनेक्ट आईपीएस, कर्पोरेट पेलगायतका सेवा संचालन गर्दै आएको र पछिल्लो समयमा नेशनल पेमेन्ट स्वीच संचालनको तयारी गर्दै आएको एनसीएचएलले अधिकृत पूँजी १ अर्ब पुर्याउने भएको हो।

कम्पनीले यहि पुस २८ गते बस्ने साधारण सभाबाट सो पूँजी वृद्धिको प्रस्ताव पारित गर्ने योजना लिएको छ। हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । यो पूँजी पनि कम्पनीले २०७६ सालमा आठौं साधारण सभाबाट पारित गरेर वृद्धि गरेको थियो।

यसका साथसाथै बोनस सेयर बराबर चुक्ता पूँजी वृद्धि गर्नका लागि समेत प्रबन्धपत्र संसोधन गर्ने भएको छ।

एनसीएचएलले आफ्नो १० औं वार्षिक साधारण सभाबाट ३८ प्रतिशत बोनस सेयर दिने भएको छ भने २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा नेपाल राष्ट्र बैंक (१० प्रतिशत), बैंक तथा वित्तीय संस्थाहरु (८० प्रतिशत) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालि (१० प्रतिशत) सेयर लगानी रहेको छ।

हाल कम्पनिको चुक्तापूँजी २९ करोड ८० लाख ८० हजार रुपैयाँ रहेको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ८ पुष २०७८, बिहीबार