चाइना मोबाइलले शांघाइमा सूचीकृत भएर ८ अर्ब ८० करोड डलर संकलन गर्ने

  • Technology Khabar | ६ पुष २०७८, मंगलवार
चाइना मोबाइलले शांघाइमा सूचीकृत भएर ८ अर्ब ८० करोड डलर संकलन गर्ने

काठमाडौं ।

चाइना मोबाइलले ५६ अर्ब यूआन अर्थात् ८ अर्ब ८० करोड डलर संकलन गर्ने लक्ष्य लिएको छ।

न्यूयोर्क स्टक एक्स्चेन्जमा सूचीकृत भएको एक वर्षपछि हुन लागेको चीनको यो दशककै सबैभन्दा ठूलो मानिएको आईपीओमार्फत् उक्त परिमाणको रकम संकलन गर्ने योजना रहेको बुझिएको छ।

सेवाग्राहीको सङ्ख्याका आधारमा विश्वको सबैभन्दा ठूलो मोबाइल नेटवर्क अपरेटरका रुपमा रहेको चाइना मोबाइलले शांघाइमा आईपीओ बिक्री गर्ने योजना बनाइरहेको छ।

चीन र अमेरिकाबीच आएको टकरावपछि अमेरिकामा व्यापार गर्ने थुप्रै चिनियाँ कम्पनी चीन वा हङकङको स्टक बजारमा सूचीकृत हुने क्रम बढेसँगै चाइना म€बाइलले पनि उक्त निर्णय गरेको आकलन गरिएको छ।

यसै महिना वाशिङ्टनले एआई कम्पनी सेन्सटाइम ग्रुपलगायतका चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ।

उक्त प्रतिबन्धको मुख्य कारण मानव अधिकारको उल्लङ्घन रहेको आरोप लगाउँदै तीन वर्षभित्र नियम नमान्ने चिनियाँ कम्पनीहरुलाई अमेरिकी एक्सचेन्जबाट निस्कासन गर्ने नियमको पालना गरिएको बताइएको छ।

चाइना मोबाइलले प्रति शेयर ५७.५८ युआनका दरले ८४ करोड ५० लाख शेयर बिक्री गरेर ४८.७ अर्ब युआन संकलन गर्ने लक्ष्य लिएको बताएको छ।

प्रकाशित: ६ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...