
काठमाडौं ।
अमेरिकाको विधायकहरुका एक समूहले ट्रेजरी डिपार्टमेन्ट तथा स्टेट डिपार्टमेन्टलाई स्पाइवेयर कम्पनीहरुमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।
उक्त समूहले विशेषगरी इजरायली स्पाइवेयर फर्म एनएसओ ग्रुप तथा अन्य तीन ओटा विदेशी निगरानी कम्पनीहरुले विभिन्न अधिनायकवादी सरकारलाई मानव अधिकार दुरुपयोग गर्न सघाएकाले तुरुन्त प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।
उनीहरुले गत मंगलबार पठाएको पत्रमा संस्थाबाहेक इजरायली एनएसओ, यूएईको साइबर सेक्युरिटी कम्पनी डार्कम्याटर तथा यूरोपेली अनलाइन बल्क सर्भिसेज कम्पनी नेक्सा टेक्नोलोजिज र ट्रोभिकोरका वरिष्ठ कार्यकारी विरुद्ध पनि प्रतिबन्ध लगाउन भनिएको छ।
विधायकहरुले ती संस्था तथा कार्यकारीहरु विरुद्ध ग्लोबल म्याग्निट्स्की अन्तर्गतको प्रतिबन्ध लगाउन आग्रह गरेका छन् जसले मानव अधिकार हनन गर्नेलाई उनीहरुका बैंक एकाउन्ट फ्रीज गर्नेदेखि अमेरिका भ्रमणमा आउनबाट बन्देज गर्छ।
यसबारेमा बुझ्न खोज्दा डार्कम्याटर सम्पर्कमा नआएको कुनै प्रतिक्रिया दिएको छैन भने अन्य तीन कम्पनीले तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।
प्रकाशित: २९ मंसिर २०७८, बुधबार