बाइनान्सले सिंगापुरमा लाइसेन्सका लागि दिएको आवेदन फिर्ता लिने

  • Technology Khabar | २८ मंसिर २०७८, मंगलवार
बाइनान्सले सिंगापुरमा लाइसेन्सका लागि दिएको आवेदन फिर्ता लिने

काठमाडौं ।

विश्वको ठूलो क्रिप्टो एक्सचेन्ज संस्थाहरुमध्ये एक बाइनान्सको सिंगापुरमा रहेको शाखाले स्थानीय लाइसेन्स आवेदन फिर्ता लिने जानकारी दिएको छ।

कम्पनीले सोमबार उक्त लाइसेन्सको आवेदन फिर्ता लिने साथै क्रिप्टोमैत्री मानिएको शहर सिंगापुरमा आफ्नो डिजिटल भुक्तानी टोकन व्यवसाय बिस्तारै बन्द गर्ने निर्णयमा पुगेको जानकारी दिएको हो।

विश्वभर नै आलोचना खेपिरहेको बाइनान्सले आफ्नो ‘रणनैतिक, व्यावसायिक तथा विकासमूलक’ चेतनाभन्दा माथि गएर गरेको निर्णयको कारणबारे केही खुलाएको छैन।

यसबाहेक कम्पनीले ब्लकचेन इनोभेशन हबका रुपमा स्थापित हुन आफ्नो स्थानीय यूनिटको सञ्चालनमा पुन: केन्द्रित हुने पनि बताएको छ।

विश्वका सरकार तथा वित्तीय नियामकहरुले क्रिप्टोकरेन्सीमाथि कडाइ गर्दै आएका छन्।

सिंगापुर स्पष्ट नियमन तथा सञ्चालन वातावरणका कारण क्रिप्टोकरेन्सी संस्थाका लागि चर्चित रहेको छ।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार