नेप्सको सिस्टममा समस्या आउँदा दर्जनौं बैंकका एटीएम चलेनन्

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
नेप्सको सिस्टममा समस्या आउँदा दर्जनौं बैंकका एटीएम चलेनन्
फाइल तस्बिर

काठमाडौं ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम प्रालि (नेप्स) को सिस्टममा समस्या आउँदा दर्जनौं बैंकका एटीएम चलाउनका लागि समस्या भएको छ। एटीएममा समस्या आउँदा ग्राहकहरुले एटीएम सेवा नपाएको गुनासो गरेका छन् ।

नेप्सको नेटवर्कमा जोडिएका बैंकका ग्राहकले सम्बन्धित बैंकबाहेक अन्य बैंकका एटीएममा कार्ड प्रयोग गर्न सकिरहेका छैनन्।

नेप्सको ग्राहक बैंकहरुमा एनआईसी एसिया बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू, सिटिजन बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कर्मसियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक सदस्य रहेका छन् ।

यसका साथै विकास बैंकतर्फ एक्सेल, ज्योति, लुम्बिनी, सांग्रिला गरी कूल १४ वटा बैंक उक्त सिस्टममा जोडिएका छन्।

नेप्सेका अधिकारीहरुले सो बारेमा कुनै जानकारी दिन चाहेका छैनन् र समस्या के भएको हो समेत बताउन चाहेनन्।

तर साइबर सुरक्षा विश्लेषकहरुले भने कतै फेरी नेटवर्कमा नै ह्याक भएको त होईन् भन्ने आशंका व्यक्त गरेका छन् ।

यो समाचार तयार पार्दा सम्म समस्या किन र कति समयसम्म भयो र कहिले समाधान हुनेछ भन्ने बारेमा कुनै जानकारी दिईएको छैन् ।

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...