अमेजनमा भएको ‘वेब सर्भिस’ आउटेजले इन्टरनेटको ठूलो हिस्सा प्रभावित

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
अमेजनमा भएको ‘वेब सर्भिस’ आउटेजले इन्टरनेटको ठूलो हिस्सा प्रभावित

काठमाडौं ।

अमेजनले आफ्नो वेब सर्भिसमा आएको गडबडीले गत डिसेम्ब् ७ मा थुप्रै घण्टा इन्टरनेट अफलाइन बनाएको छ। यसबाहेक अब उप्रान्त यस्ता समस्या आएमा आफूहरु अझ स्पष्ट हुने पनि कम्पनीले जनाएको छ।

हालै सीएनबीसीले जारी गरेको रिपोर्ट अनुसार अमेजनले एउटा अटोमेटेड क्यापासिटी स्केलिङ फिचरले इन्टर्नल नेटवर्क क्लाइन्टमा अनपेक्षित व्यवहार देखिएको हो। उक्त इन्टर्नल नेटवर्कलाई एडब्लूएससँग जोड्ने डिभाइसहरुमा सुस्तता आएको र सञ्चारमा समस्या उत्पन्न भएको थियो।

उक्त गडबडीका प्रकृतिका कारण प्राविधिका टोलीलाई समस्या निदान तथा निराकरण गर्न असहज भएको अमेजनले बताएको छ।

टोलीलाई समस्या पत्ता लगाउन लगहरु केलाउनु परेको तथा यसका आन्तरिक टूलहरुसमेत प्रभावित भएका थिए।

उक्त टोलीले सेवा पुन: सञ्चालनका लागि अथक प्रयास गर्दा गर्दै पनि त्यहाँ उत्पन्न लेटेन्ट इस्यूले नेटवर्किङ क्लाइन्टलाई सिस्टम पुन: सञ्चालनका निकै समस्या उत्पन्न गराएको कम्पनीको भनाइ छ।

कम्पनीको एडब्लूएस विभागले उक्त समस्या सिर्जना गर्ने स्केलिङलाई अस्थायी रुपमा डिसेबल गरेको र समस्या समाधान नभइ पुन: इनेबल नगर्ने पनि जनाएको छ। उक्त लेटेन्ट समस्याको समाधान केही हप्तामा आउने कम्पनीले बताएको छ।

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार